कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज, उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरिने

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बिहीबार बस्ने बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदै छ ।
नेपाली काँग्रेसका सहायक महामन्त्री डा. प्रकाशशरण महतले बैठकले तिहार अगाडि नै उम्मेदवारको टुंगो लगाइसक्ने बताए । केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएको जानकारी डा. महतले दिए । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नं.२ का लागि १२ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ ।
कांग्रेसका मुख्य सचिव पौडेलका अनुसार धरान उपमहानगरपालिकाका लागि तिलक राईको एक मात्र नाम सिफारिस भएको छ । यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पनि एकल उम्मेदवारको नाम सिफारिस भएको छ ।
नेपाली काँग्रेस उम्मेदवार केन्द्रीय कार्य समिति