मनोरञ्जन

नाजिर हुसेन र सरु राईबीच तिहारले जोडेको सम्बन्ध

नाजिर हुसेन र सरु राईबीच तिहारले जोडेको सम्बन्ध

काठमाडौंः कलाकार नाजिर हुसेन मुस्लिम समुदायका सदस्य। सरु राई किराँत। तर यी दुबैबीच न त धर्मको नाता छ, न रगतको।

उनीहरुबीचको भावनात्मक नाता भए पनि रगतको भन्दा कम छैन। धार्मिक मान्यता हेर्ने हो भने तिहार नजिरको प्राथमिकताको चाड हैन तर मनको नातालाई धर्मको रेखाले छेक्न सक्दैन । 

२७ वर्षदेखि हरेक तिहारमा नाजिरको निधार सप्तरंगी टीकाले रंगिन्छ। टीका रंग्याउने हात उनै सरुको हो। बाराका नाजिरलाई सरुले यस वर्ष यतै काठमाडौँमा टीका लगाउने तयारी गरेकी छन्।

नाजिरले पनि तिहारमा सरु दिदीहरुलाई उपहार दिने तयारी गरिरहेका छन्। तिहारमा आफूलाई टीका लगाइदिने दिदीहरु धेरै भएका उनको भनाई छ।

‘सरु दिदीसँग टीका थाप्छु, अरु दिदीले तेल लगाउने, बिमरा फोर्ने, फूल छर्कने, गर्नुहुन्छ,’ नाजिर भन्छन्, ‘हामी एकै उमेर समूहका पनि भयौँ। सँगै हुर्केको पनि। त्यही भएर सरु दिदीसँग अलि बढी आत्मियता छ।’ यो समाचार शुक्रबार साप्ताहिकबाट लिइएको हो ।

सप्तरंगी टीका मुस्लिम समुदाय तिहार नाजिर हुसेन सरु राई

विशेष