मनोरञ्जन कला साहित्य

नेपाल आइडल आफ्नालाई काखा, अडिसन व्यवस्थापन लथालिंग

नेपाल आइडल आफ्नालाई काखा, अडिसन व्यवस्थापन लथालिंग

नेपालको पहिल‍ो अन्तर्राष्ट्रिय गायन रियालिटी शो 'नेपाल आइडल' लाई मानिन्छ । हाल 'द भोईस अफ नेपाल' ले पनि नेपालमा राम्रो पकड जमाउन सफल भईरहेको छ। फ्रेन्चाईज रियालिटि शो अन्तर्गत विश्वका धेरै मुलुकहरुमा आयोजना गरिने यी शोहरु मुलुकभरी नै चर्चित छन्।

त्यस्तै आज हामी नेपालमा लोकप्रिय रहेको रियालिटी शो 'नेपाल आइडल' को काठमाडौं अडिसनमा के कस्ता राम्रा र नराम्रा पक्षहरु रहे त केही प्रतियोगीहरुको भनाई र आफू स्वयंको भोगाई समेटेर य‍ो लेख तयार पारिएको छ।

नेपालमा नेपाल आइडलको जति चर्चा छ, त्यति चर्चा र लोकप्रियता कमै रियालिटि शोहरुको हुने गर्दछ। त्यसैले पनि सञ्चार माध्याम, सामाजिक सञ्जाल, हरेक घर घर , टोल टोल,सार्वजनिक यातायात समेत नेपाल आइडलमय हुन्छ। अझ प्रसारण गरेको केही समयमै लाखौको भ्युज कमाई युट्युव ट्रेन्डिङमा समेत पर्न सफल भईरहेको हुन्छ । लाखौ खर्च गरेर आयोजना गरिएको यस शोको अडिसनकै समयमा भएको व्यवस्थापनको फितलोपना निकै लजास्पद देखिन्थ्यो।

१- सुरुवातकै कुरा गरौ, विहान ८ बजेवाट सुरुवात हुने भनिएको अडिसन लगभग १० बजेबाट मात्र सुरु भयो । नेपाल आइडल जस्तो शोले समयको पावन्दिलाई एकदमै ख्याल गर्नुपर्थ्यो।

२- अडिसनको समयमा फर्म वितरणको पक्ष समेत एकदमै फितलो देखिन्थ्यो। व्यवस्थापक मध्येका कोहि व्यक्ति बाहिर आउथे र बलिया  प्रतियोगिहरु हुलमुल छिचोल्दै र ठेलाठेल गर्दै फर्म लिन सफल हुन्थे । यता ओरिजिनल फर्ममा फोटोकपी मान्य हुने छैन भनेर उल्लेख गरिएको थियो भने व्यवस्थापकले नै डुप्लिकेट फर्म बाड्दै थिए, र सोही फोटोकपीले नै अडिसन दिन मिल्ने रहेछ ।

३- यता महिला र पुरुषको लाईन समेत एउटै थियो । लाईनमा पनि भिड र हुलमुल यति थियो कि जसमा पुरुष भन्दा पनि महिलाहरुलाई असहज भईरहेको स्थितिको भान हुन्थ्यो।

४- नेपाल आइडलको अडिसन पनि नातावाद र कृपावादबाट माथी उठ्न नसकेको भान हुन्थ्यो । व्यवस्थापनमा खटिएका र अन्य जिम्मेवारी पाएका व्यक्तिहरुले  आफ्ना मान्छेलाई लाईन नबसाई विचबाट घुसाउने जस्तो लजास्पद कार्यले गर्दा घन्टौं घन्टा देखि लाईन वस्ने प्रतियोगिहरु मारमा परेको देखिन्थ्यो ।

५- प्रतियोगीले आफ्नो गायन प्रस्तुत गरिसकेपछि आफूले गाउँदा कस्तो गल्ति गरें र आउट भएँ भन्ने सम्म पनि पत्तो पाउदैनन्।

६- ४ बजे सकिने भनिएको अडिसन राती ८ बज्दासम्म पनि सकिएको थिएन, समयको व्यवस्थापनको कुरामा पनि ध्यान नपुर्याईएको हो कि । 

७-अन्त्यमा, अडिसनका लागि आएका धेरै प्रतियोगीहरु साँच्चिकै गित गाउन भन्दा पनि माहोल तताउन, हेर्न र रमाईलो गर्न मात्र आएका थिए । गीतसंगीतमा रुचि हरेकलाई  हुन्छ, तर गाउन सक्ने खुबी भएका व्यक्तीहरु मात्र सहभागी हुने थिए भने यी र यस्ता स्थितिको सिर्जना नहुने थियो कि ? 

यी त भए नेपाल आइडलको अडिसनका क्रममा भएका केही सुधार गर्नु पर्ने पक्षहरु । तर नेपाल आइडलको यस्तो प्ल्याटफर्म हो जसबाट धेरै पछाडि परेका व्यक्तिहरु चर्चाको शिखरमा पुग्न सफल हुन्छन्। धेरै गुम्सिएर बसेका प्रतिभाले स्थान पाउँछन्। अझ कतिपयको त जिवनको मोड नै परिवर्तन हुन्छ।  

आखिर जे होस्, नेपाल आइडलको तेस्रो सिजनबाट फेरि अर्को सांगीतिक हस्तीको जन्म होस् धेरै धेरै शुभकामना।

-पार्वती अधिकारी 
 

नेपाल आइडल सिजन ३

विशेष