खेल

वुमन्स च्याम्पियन्स फाइनलः चितवनले काठमाडौंलाई दियो ११३ रनको लक्ष्य

वुमन्स च्याम्पियन्स फाइनलः चितवनले काठमाडौंलाई दियो ११३ रनको लक्ष्य

काठमाडौंः नेपालको पहिलो महिला फ्रेन्चाइज क्रिकेट प्रतियोगिता वुमन्स च्याम्पियन्स लिगको फाइनलमा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौंलाई ११३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो । उसका लागि सुमन खतिवडाले २९, कप्तान इन्दु बर्माले नटआउट २२, काँजल श्रेष्ठले २१, कञ्चन श्रेष्ठले १६ रन बनाए । बलिङमा संगिता राई, लक्ष्मी साउँद र सरस्वतीकुमारी चौधरीले एक–एक विकेट लिइन् ।  

काठमाडौं र चितवनको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ । राउण्ड रोबिन लिगका आधारमा भएको ५ टोली सहभागी प्रतियोगितामा चितवन सतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । 

काठमाडौंले भने विराटनगरसँग इलिमिनेटर खेलेको थियो । चितवन ईन्दु बर्माको नेतृत्वमा मैदान उत्रिँदा काठमाडौं रुबिना क्षेत्रीको कप्तानीमा हुनेछ । क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  

वुमन्स च्याम्पियन्स लिग चितवन भर्सेस काठमाडौं

विशेष