मनोरञ्जन

मिस्टर नेपालीको ट्रेलर सार्वजनिक, दोहोरो भूमिकामा भुवन (ट्रेलर सहित)

मिस्टर नेपालीको ट्रेलर सार्वजनिक, दोहोरो भूमिकामा भुवन (ट्रेलर सहित)

काठमाडौँ।  कात्तिक २९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'मिस्टर नेपाली' को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।  देव भुषालको कथा, पटकथा र निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता भुवन केसीलाई दोहोरो भूमिकामा देखिएको छ।

२ मिनेट ४२ सेकेन्डको ट्रेलरलाई हेर्दा भुवन भिलेनको भूमिकामा देखिएको जस्तो देखिन्छन।  विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदिलाई समेटेर चलचित्रको निर्माण गरिएको छ।  

 निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा प्रेमराज दाहालको लगानी रहेको छ। ' मिस्टर नेपाली' मा भुवनका अलावा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।  

यसै चलचित्रबाट  साहिल श्रेष्ठ र कुसुम राउतले पनि नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दै छन।    

मिस्टर नेपाली नेपाली फिल्म

विशेष