राशिफल

आज कात्तिक ८ गते शुक्रवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज कात्तिक ८ गते शुक्रवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कात्तिक महिनाको ८ गते शुक्रवार तद अनुसार सन् २०१९ अक्टोबर २५ तारिख, तपाईक लागि कस्तो रहला? आउनुहोस हेर्नुहोस तपाईको आजको राशिफल 

मेष–

मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्य सामान्य रहनेछ।  पढाई लेखाईमा राम्रै सफलता प्राप्त हुनेछ।  

वृष–

प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । दाम्पत्य जीवन सुखद रहनेछ।  

मिथुन–

परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला । धार्मिक कार्यमा मन जानेछ।  

कर्कट–

भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । पारिवारिक झैँ झमेलाको स्थिति सिर्जना हुनेछ।  

सिंह–

आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ ।बैदेशिक यात्रा सुखद रहनेछ।  

कन्या–

कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । भाग्योदयको समय रहेको छ।  आर्थिक लाभ हुनेछ।  

तुला–

आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला । स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा बिशेष ध्यान दिनु पर्नेछ।  

वृश्चिक–

स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । स्वास्थ्यमा समस्या देखिनेछ।  इश्वर आराधना र भक्तिमा लाग्नाले बिशेष लाभ हुने देखिन्छ।  

धनु–

काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । परिवारका साथमा मिष्ठान्न भोज्कनको आयोजना हुनेछ।  

मकर–

कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । दाम्पत्य जीवन सुखद रहनेछ।  रमणीय यात्राको अवसर जुट्नेछ।  

कुम्भ–

विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ । मान सम्मानमा वृद्धि हुनेछ।  

मीन–

शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला । साथीभाईको अपेक्षाकृत सहयोग प्राप्त हुने छैन। पढाई लेखाईमा सफलता पाउनका लागि ठुलै मेहनत गर्नु पर्नेछ।  

राशिफल

विशेष