मुख्य समाचार

नेपाल प्रहरीका पूर्व आइजिपी सिंहको निधन

नेपाल प्रहरीका पूर्व आइजिपी सिंहको निधन

काठमाडौंः नेपाल प्रहरीका पूर्व आइजिपी हेमबहादुर सिंहको निधन भएको छ । बिहीवार बेलुकी ९ बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ८३ बर्षीय पूर्व प्रहरी महानिरिक्षक (आइजिपी) सिंहको निधन भएको हो ।

उनका भाई बलेन्द्रबहादुर सिंहका अनुसार फोक्सोको विरामीले सिंह अस्पताल भर्ना भएका थिए। बझाङ बुंगलका सिंह २०४३ सालदेखि २०४७ सम्म करीब ४ वर्ष प्रहरी महानिरीक्षक रहेका थिए।

उनको काठमाडौं महागरपालिका वडा नम्वर ४ महाराजगञ्जमा घर छ । आज साढे ८ बजे पशुपती आर्यघाटका लागि उनको निवासबाटै शवयात्रा सुरु हुने उनका भाई बलेन्द्रले जानकारी दिए। सिंह सुदूरपश्चिमबाट आइजिपी बन्ने पहिलो व्यक्ति हुन् ।  

नेपाल प्रहरी आइजिपी हेमबहादुर सिंह

विशेष