मुख्य समाचार

आजको मौसमः उच्च हिमाली भेगमा हिमपातको सम्भावना

आजको मौसमः उच्च हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौंः आज केही ठाउँमा हल्का वर्षा तथा पूर्व उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी भेगका थोरै तथा मध्य पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अपराह्नपछि हल्का वर्षा सम्भावना रहेको 

मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । त्यसैगरी पूर्वी उच्च हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहेको उनले बताइन्।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ– पूर्वी उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोकाले सामान्य सतर्कता अपनाउनहुन अनुरोध गरिन्छ। 

यसैगरी राति पनि पूर्वी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
मौसमविद्का अनुसार अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावका कारण नेपालका पूर्वी तथा मध्य क्षेत्रमा मौसममा आंशिकदेखि सामान्यसम्म बदली भएको हो।

हाल देशको पुर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र पश्चिमी भूभागमा आंशिक बदलीसहित सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
 

हिमपात मौसम

विशेष