मनोरञ्जन

आउँदो नोभेम्वरमा विवाह बन्धनमा बाँधिदै रणवीर-आलिया

आउँदो नोभेम्वरमा विवाह बन्धनमा बाँधिदै रणवीर-आलिया

एजेन्सी।  रणवीर कपूर र आलिया भट्ट पछिल्लो समय प्रेम सम्बन्धलाई लिएर चर्चामा रहेका छन।  यति मात्र होइन यी दूइको सम्बन्धको चर्चा बिवाहसम्म पुगेको छ। यी दुईको बिवाहको कार्ड पनि केहि दिन अघि मात्र सामाजिक संजालमा भाइरल भएको थियो। यसै बिच रलियाको विवाहको बारेमा एक नयाँ खबर बाहिरीएको छ।  रणवीर आलिया यहि बर्षको आउँदो नोभेम्वरमा बिवाह गर्ने तयारीमा रहेका छन।  

खबर अनुसार रणवीर र आलिया दुई हप्तामा बिवाह बन्धनमा बाँधिने तयारीमा रहेका छन।  उनीहरुको बिवाह फ्रान्समा हुने बताईएको छ।  क्याटरिङ्ग व्यवस्थापनको जिम्मेवारी भने  शेफ ऋतु डालमियाले सम्हाल्ने छन यो अघि पनि ऋतुले बिराट अनुष्काको विवाहको  क्याटरिङ्ग व्यवस्थापन सम्हालेका थिए।  

रणवीर आलियाको बिवाह हुने खबर धेरै अघिदेखि आइरहेको छ तर यो पटक भने यो खबर कतिको वास्तविक हो भन्ने कुरा हेर्न बाँकी नै छ।  आलिया रणवीरका साथमा केहि समय बिताउनका लागि केहिदिन अघि मात्र फ्रान्स उडेकी छिन।  

कामको कुरा गर्ने हो भने रणवीर र आलिया पहिलोपटक आयन मुखर्जीको चलचित्र 'ब्रह्मास्त्र' मा एकसाथ देखिदै छन। जुन चलचित्र छिट्टै नै प्रदर्शनमा आउने तयारीमा रहेको छ।   

आलिया भट्ट रणवीर बिवाह

विशेष