मनोरञ्जन

सविनको प्रेममा वर्षा

सविनको प्रेममा वर्षा

काठमाडौंः केही साताअघि अभिनेत्री बेनिशा हमाल प्रेममा परेको हल्ला चलेको थियो।

सामाजिक सञ्जालमा बेनिशालाई उनका प्रेमीसँग देखिएको थियो । यतिबेला अभिनेत्री वर्षा शिवाकोटीको प्रेम प्रसंग चर्चामा छ ।

अभिनेत्रीको रुपमा खासै चल्न नसके पनि म्युजिक भिडियोमा जमेकी वर्षा यतिबेला अमेरिकामा बसोबास गर्ने सविनजंग थापाको प्रेममा परेको चर्चा छ।

आफ्ना प्रेमीलाई भेट्ट हालै उनी अमेरिका पुगेकी छन्। यो प्रसंगमा वर्षाले हालसम्म मुख नखोले पनि उनका प्रेमी सविनले भने फेसबुकको स्टोरीमा वर्षासँगका केही रोमान्टिक तस्बिर सार्वजनिक गरेका छन्।

तस्बिरमा दुबै निकै खुसी र उत्साहित देखिन्छन्। सविनले उक्त तस्बिरमा वर्षाको नामसँगै प्रेमको आकारसमेत पोस्ट गरेका छन्।

तस्बिरबाट उनीहरुको प्रेमको गहिराइ मापन गर्न सकिन्छ।

एउटा अपुष्ट जानकारी अनुसार दुबैले आगामी वर्ष लगनगाँठो कस्ने निर्णय गरिसकेका छन्।

त्यसो त केही अघि वर्षाकी आमाले समेत एक वर्षभित्र छोरीको विवाह भइसकने संकेत दिएकी थिइन्। यो खबर आज शुक्रबार साप्ताहिकबाट लिइएको हो ।

प्रेम वर्षा शिवाकोटी सविनजंग थापा

विशेष