मनोरञ्जन

यी हुन् तिहारका लोकप्रिय ६ गीत

यी हुन् तिहारका लोकप्रिय ६ गीत

काठमाडौंः तीज र दसैँपछि चाडपर्व लक्षित गीतको बाढी आउने अवसर हो- तिहार ।

यसपटकको तिहारमा करिब पाँच दर्जन गीत तथा म्युजिक भिडियो सार्वजनिक भइसकेका छन्।

तीमध्ये केही गीत ‘दसैँ तिहार’ विशेष भन्दै सार्वजनिक भएका छन् भने अधिकांश गीत यसैपटकको तिहारलाई लक्षित गर्दै तयार पारिएका छन् । तिहारका केही गीत सदावहार लोकप्रिय छन्।

दिनेश अधिकारीको शब्द, हेमलताको स्वर र शम्भुजित बाँस्कोटाको संगीत भएको ‘निधारमा लर्काएर सप्तरंगी टीका...,’ आशा भोसलेको स्वर, कुसुम गजमेरको शब्द र रञ्जित गजमेरको संगीत रहेको ‘दियो बाली साँझको..., लोचन भट्टराई तथा नुतन प्रधानले गाएको ‘तिहारै आयो लौ झिलिमिली...’ बोलको गीत, सञ्जय श्रेष्ठ तथा सुनील उप्रेतीको ‘देउसीले भन..., राजु लामाको ‘भाइटीमा भेट्न आउँला..., सुगम पोखरेलको वर्षमा दिनमा लै लै... लगायतका गीत तिहारका सबैभन्दा चर्चित गीत हुन्।

यसै वर्ष गायक रामकृष्ण ढकालले गाएको ‘टीका मालाले...’ बोलको गीतले पनि दर्शक र स्रोताको मन जितिरहेको छ। यो खबर आजको साप्ताहिकबाट लिइएको हो ।

तिहार गीत

विशेष