मनोरञ्जन

ऋतिक र टाइगर स्टारर 'वार' ले बक्स अफिसमा तहल्का मच्चाउदै, अहिलेसम्म गर्यो यति करोडको कमाई

ऋतिक र टाइगर स्टारर 'वार' ले बक्स अफिसमा तहल्का मच्चाउदै, अहिलेसम्म गर्यो यति करोडको कमाई

एजेन्सी। बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ स्टारर चलचित्र 'वार' ले हाल बक्स अफिसमा तहल्का मच्चाईरहेको छ।  यस फिल्मले एक पछि  अर्को गर्दै विभिन्न रेकर्ड राखिरहेको छ। चलचित्र 'वार' ले शाहिद कपूरको पछिल्लो फिल्म कबिर सिंहको रेकर्ड तोडेको छ।  यसका साथै यो फिल्म यस बर्षको सर्वाधिक कमाई गर्ने एक मात्र फिल्म बन्न पुगेको छ।  

गत अक्टोबर २ देखि प्रदर्शनमा आएको' वार' ले विश्वरभरबाट ४ सय ३३ करोडको कुल व्यापार गर्न सफल भईसकेको छ।  टाइम्स अफ इन्डियाका अनुसार 'वार' यो बर्षको सबैभन्दा बढी ओभरसिज ग्रोसर फिल्म बन्न सफल भएको छ।  'वार' ले रिलिज भएको २२ दिनमा रेकर्ड तोडेको हो।  

यशराज फिल्म्सको ब्यानरमा सिद्धार्थ आनंदको निर्देशनमा तयार भएको 'वार' को एक्सन पक्षलाई दर्शकहरुले बढी रुचाएका छन।  यस फिल्ममा टाइगर र ऋतिकका अलावा वाणी कपूर पनि मुख्य भूमिकामा रहेकी छिन।  

ऋतिक रोशन टाइगर श्राफ वार

विशेष