मनोरञ्जन

'सम्झना बिर्सना' मा पुजा र आकाशको जोडी

'सम्झना बिर्सना' मा पुजा र आकाशको जोडी

काठमाडौँ।  चलचित्र 'रामकहानी' बाट दर्शकमाझ लोकप्रिय बनेका पुजा शर्मा र आकाश श्रेष्ठ पुन एकपटक एकसाथ चलचित्रको पर्दामा देखिने भएका छन।  

रामकहानी पछि ‘सम्हालिन्छ कहिले मन’ र ‘पोइ पर्‍यो काले’ मा एकसाथ काम गरेका आकाश र पुजा पुन चलचित्र 'सम्झना बिर्सना' मा एकसाथ देखिदै छन।   

निमेष प्रधानको निर्देशनमा बन्न लागेको 'सम्झना बिर्सना' को आज शुभ मुहुर्त गरिएको छ। समसामयिक प्रेम कथामा आधारित रहने यस चलचित्रमा पुजा र आकाशका अलावा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ ।

आदित्य फिल्मको ब्यानरमा निर्माण हुने सम्झना बिर्सनामा आदित्य प्रधान र रेविका प्रधानको लगानी रहने छ भने शिव ढकालले फिल्मको छायांकन गर्ने छन।  चलचित्र आगामी 'कात्तिक २१' देखि छायांकनमा जाने बताईएको छ।  

  

नेपाली चलचित्र

विशेष