राशिफल

आज कागतिहार, कुन राशिका लागि कतिको शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज कागतिहार, कुन राशिका लागि कतिको शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कात्तिक महिनाको ९ गते शनिवार, तदअनुसार सन् २०१९ अक्टोबर २६ तारिख, आज यमपन्चकको पहिलो दिन अर्थात् काग तिहार तपाईका लागि कस्तो रहला आउनुहोस हेर्नुहोस तपाईको आजको राशिफल !

मेष–

मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सकिने भएकाले खानपानमा बिशेष सजकता अपनाउनु पर्ने देखिन्छ।  पारिवारिक वातावरण उल्लासमे रहने छ।  

वृष–

चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । पठन पाठनमा सफलता पाउनका लागि अलि मेहनत गर्नु पर्ने देखिन्छ।  

मिथुन–

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । पारिवारिक असमझदारी बढ्ने छ।  आकस्मिक खर्चको सम्भावना रहेको छ।  

कर्कट–

खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । प्रियमित्रसंगको भेटघाटले मन प्रफुल्लित हुनेछ।  

सिंह–

आज तपाइको धनलाभको योग छ, पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बित्ने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ।  साहित्य लेखनको कर्य्माव रुचि बढ्नेछ।  आध्यात्मिक सिद्धि प्राप्त हुने योग रहेको छ।  

कन्या–

आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । बोलीको प्रभावले धेरैको मन जित्न सकिनेछ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  

तुला

हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । क्रोधलाई काबुमा राख्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।  स्वास्थ्यमा सामान्य समस्या देखिनेछ।  

वृश्चिक–

स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला । आय आर्जनमा वृद्धि हुनेछ।  दाम्पत्य जीवनमा सामान्य खटपटको अवस्था सिर्जना हुनेछ। 

धनु–

आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । नोकरी ब्यवास्यका क्षेत्रबाट अधिक लाभ उठाउन सकिनेछ।  सन्तान सुखको अनुभूति हुनेछ।  

मकर–

कमाइ सोचेअनुरुप हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ,, सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । धार्मिक यात्राको अवसर मिल्नेछ। पिताको तर्फबाट लाभ उठाउन सकिनेछ।  भने पारिवारिक कलहको स्थिति सिर्जना हुन सक्ला ख्याल गर्नु पर्नेछ।  

कुम्भ–

आज कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ । काममा जोश र जागर बडने देखिन्छ, दिन एकदमै राम्रो छ । बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा संयमता अपनाउनुपर्ने छ।  भातृत्व सुख मिल्नेछ।  

मीन

अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला, कुसैसंग झगडा पनि हुन सक्छ । मनोरन्जनात्मक कार्यमा समय व्यतित हुने छ।  क्रोधप्रति संयम रहनु पर्नेछ।  धर्मकर्ममा मन जानेछ।  समग्रमा तपाईका लागि आजको दिन सुखद नै रहने छ।  

दैनिक राशिफल

विशेष