मनोरञ्जन

१७ वर्षीय रोल्पाली ठिटोले जिते नेपाल लोक स्टारको उपाधि

१७ वर्षीय रोल्पाली ठिटोले जिते नेपाल लोक स्टारको उपाधि

काठमाडौंः आइएमई नेपाल लोक स्टारको उपाधि शनि विश्वकर्माले जितेका छन् । जितसँगै उनले ५० लाख पुरस्कार प्राप्त गरेका छन् । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् । यसका साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पार्न सफल भएका छन् ।

यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा हात पाए ।

विनोद दनुवार (उदयपुर) ले भने प्रतियोगितामा तेस्रो स्थान हात पारे । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गरे ।

यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल भएका छन् ।

फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) बीच प्रतिस्पर्धा भएको थियो । कार्यक्रम एपिवान टेलिभिजनबाट प्रशारण भएकाे थियाे ।

पहिलो नेपाल लोक स्टारमा मुख्य निर्णयकमा जयनन्द लामा, राजमजी खाँण, बिबि अनुरागी र सुनिता दुलाल रहेका थिए ।

नेपाल लोक स्टारको अडिसन धनगढीमा फागुन १६, सुर्खेतमा फागुन २२, बुटवलमा फागुन २८, पोखरामा चैत्र ४, काठमाडौंमा चैत २२ र विराटनगरमा चैत्र ११ गते अडिसन भएको थियो । 

यो रियालिटी ‘शो’ चाहना मिडिया प्रा.लिले आयोजना गरेको हो ।

नेपाल लोक स्टार

विशेष