मनोरञ्जन

क्रिकेटसँगै संगीतमा पनि जम्दै सन्दीप, ल्याए अर्को नयाँ गीत

क्रिकेटसँगै संगीतमा पनि जम्दै सन्दीप, ल्याए अर्को नयाँ गीत

काठमाडौंः नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य लेग स्पिनर सन्दीप लामिछानेले अर्को नयाँ गीत बजारमा ल्याएका छन् ।

सन्दीपले शुक्रबार आफ्नो युट्युब च्यालनमार्फत ‘बगि जाने खोलाको के नै भर छर..’ बोलको गीत सार्वजनिक गरेका हुन् । अडियो मात्रै रहेको उक्त गीतको संगीतकार तथा रचनाकारबारे केही उल्लेख गरिएको छैन ।

यसअघि सन्दीपले ‘उदास थियो मेरो यो पन’, ‘कता कता आफैंभित्र हराइरहन्छु’, ‘यो झरीमा तिमीसँगै’, ‘ताजै छ मेमरी’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।

सन्दीपका यस अघिका गीत पप लयका थिए । हालको गीत भने लोक लय मिश्रित छ ।

१९ वर्षकै उमेरमा विश्व क्रिकेट दुनियाँमा आफूलाई स्थापित गराउन सफल सन्दीप आफू क्रिकेटर नभएको भए गायनमा लाग्ने बताउँदै आएका छन् ।

 ">

सन्दीप लामिछाने नयाँ गीत

विशेष