राशिफल

यो साता तपाईका लागि कस्तो रहनेछ ? हेर्नुहोस साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहनेछ ? हेर्नुहोस साप्ताहिक राशिफल

कात्तिक ९ गतेदेखि १५ गतेसम्मको साप्ताहिक राशिफल 

मेष 

कलात्मक क्षेत्रमा रुचि बढ्नेछ।  प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ।  आकस्मिक धन लाभको योग रहेको छ।  नोकरी व्यवसायमा लाभ उठाउन सकिनेछ। बैदेशिक यात्रा सुखद रहला।  

वृष 

कार्यमा ढिलासुस्ती देखिनेछ। दाम्पत्य जीवनमा सामान्य खटपट देखिएला।  सहयोगको आशा देखाउनेहरुले अन्तमा धोका दिनेछन।  साथीभाईका साथमा रमाइलो यात्रामा निस्कने समय पनि रहेको छ। 

मिथुन 

आफ्नै क्षमताले काम देखाउने समय रहेको छ।  रोकिएका काम बन्ने छ।  आफन्तजनको साथ र सहयोग प्रसस्त मिल्नेछ।  सुखद समाचार मन रमाउने छ।  स्वास्थ्य अनुकुल रहने छ।  स्वादिष्ट भोजनको अनुभव लिन पाइने छ।  

कर्कट 

सामाजिक मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। परोपकारी कार्यमा मन जाला।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ। नसोचेको ठाउँबाट धन लभ हुने सम्भावना रहेको छ।  बोलीको प्रभावले धेरैको मन जित्न सकिनेछ।  

सिंह 

अधुरा रहेका कामहरु पूर्ण भएर जानेछन।  विशिष्ट व्यक्तिहरुसंगको सहकार्यले बिशेष लाभ उठाउन सकिने छ।  पारिवारिक महोल सुखमय रहने छ।  इच्छा आकांक्षाहरुलाई पुरा गर्न सकिने छ। सुखद बैदेशिक यात्राको योग रहेको छ।  

कन्या 

परिश्रम गरे अनुरुप कार्यमा सफलता नमिल्दा मानसिक चिन्ता बढ्ने छ। शत्रुले नकारात्मक समयको फाइदा उठाउलान सजक रहनु पर्नेछ। साझेदारीको कार्यबाट भने राम्रै लाभ उठाउन सकिने छ। साताको मध्यतिरबाट विभिन्न क्षेत्रबाट लाभ मिल्ने देखिन्छ।  

तुला 

बिगतका सफलताले थप कार्य गर्न हौसल मिल्नेछ।  साहित्य लेखको क्षेत्रमा गहिरो रुचि बढ्ने छ। सहयोगीहरुले अफ्ठ्यारोमा साथ दिने छन। रोकिएका काम बिस्तारै सम्पादन हुदै जानेछन।  समग्रमा तुला राशी भएकाका लागि यो साता मध्यम रहने छ।  

वृश्चिक 

नयाँ सम्बन्ध स्थापित गर्ने समय रहेको छ।  नसोचेको ठाउँबाट सफलता मिल्नाले मनमा उत्साह बढ्ने छ।  यो साता सकेसम्म आर्थिक कारोवार भने नगर्दा नै राम्रो हुने छ।  अनावश्यक खर्चले आर्थिक मन्दी देखिने छ।  

धनु 

कामको उचित मुल्यांकन हुनेछ। सरकारी क्षेत्रबाट लाभ उठाउने समय रहेको छ।  उत्साह र उमंगले भने राम्रै साथ दिने छ।  पारिवारिक जम्काभेट होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  आर्थिक पक्ष भने खासै सबल देखिएको छैन तथापी तपाईका लागि यो साता शुखद नै रहने छ।  

मकर 

आफ्ना योजनालाई  गोप्य राखेर अगाडी बढ्दा फाइदा हुने देखिन्छ।  आकस्मिक दुर्घटनाको सम्भावना रहेकाले यात्रामा निस्कदा अलि सजक हुनु पर्नेछ। मानसिक अस्थिरताका कारण महत्वपूर्ण योजना बनाउन सकिने छैन।  मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  

कुम्भ 

पारिवारिक वातावरण सुखद रहने छ।  सरकारी कार्यबाट लाभ उठाउने समय रहेको छ।  भाग्योदय हुने छ।  नाम, दाम र प्रतिष्ठा कमाउने समय रहेको छ।  विभिन्न अवसरहरुले पछ्याउने छ।  साताको अन्त्यमा विश्वास गरेकै व्यक्तिबाट बिश्वासघात होला अलि सजक रहनु पर्नेछ।  

मिन 

 धार्मिक एवम परोपकारी कार्यमा मन जानेछ।  नया बस्त्रभुषण खरिद गर्ने समय रहेको छ।  आकस्मिक धन लाभको सम्भावना रहेको छ।  शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  स्वास्थ्य सामान्य रहला।  मनलाई स्थिर राख्न सकेको खण्डमा विविध लाभ प्राप्त हुने देखिन्छ।  समग्रमा मिन राशी हुनेका लागि यो साता सुखद रहेको छ।    

 

 

  

Weekly Horoscope

विशेष