खेल

श्रीलंकासँगको सिरिजका लागि अष्ट्रेलियाद्वारा टिम घोषणा

श्रीलंकासँगको सिरिजका लागि अष्ट्रेलियाद्वारा टिम घोषणा

काठमाडौंः श्रीलंकासँगको टी–२० क्रिकेट सिरिजका लागि अष्ट्रेलियाले टिम घोषणा गरेको छ । अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा १३ सदस्यीय टिम घोषणा गरेको हो । टिममा अनुवभी ब्याट्सम्यान स्टिभ स्मिथ र डेभिड वार्नर फर्किएका छन् ।

दुवै खेलाडी दक्षिण अफ्रिका विरुद्धको टेष्ट सिरिजमा बल टेम्परिङका कारण प्रतिबन्ध झेलिरहेका थिए । सबैभन्दा बढी ५ पटक वानडे विश्वकप जित्दा पनि अष्ट्रेलियाले अहिलेसम्म टी–२० विश्वकप जित्न सकेको छैन ।

सन् २०१० मा टी–२० विश्वकपको फाइनलमा पुगे पनि अष्ट्रेलिया पराजित भएको थियो । आउँदो वर्षको टी–२० विश्वकप अष्ट्रेलियामै हुँदैछ । र, अष्ट्रेलियाले पनि विश्वकप अघि धेरैभन्दा धेरै टी–२० म्याच खेल्ने छ ।

 श्रीलंका विरुद्ध घोषणा गरिएको अष्ट्रेलियाको टिमः आरोन फिन्च (कप्तान), एश्टन एगर, डेविड वार्नर, एलेक्स केरी, प्याट कुमिन्स, ग्लेन म्याक्सवेल, बेन म्याकडर्मोट, केन रिचर्डसन, स्टिभ स्मिथ, बिली स्टेनलेक, मिचेल स्टार्क, एश्टन टर्नर र एडम जम्पा ।

श्रीलंका भर्सेस अष्ट्रेलिया टी–२० क्रिकेट सिरिज

विशेष