खेल

टी–२० सिरिजः अष्ट्रेलियाले दियो श्रीलंकालाई २३४ रनको लक्ष्य, वार्नरको पहिलो शतक

टी–२० सिरिजः अष्ट्रेलियाले दियो श्रीलंकालाई २३४ रनको लक्ष्य, वार्नरको पहिलो शतक

काठमाडौंः अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अष्ट्रेलिया टिमका ओपनर डेभिड वार्नरले पहिलो शतक बनाएका छन् ।

उनले श्रीलंका विरुद्धको टी–२० सिरिजको पहिलो म्याचमा पहिलो शतक बनाएका हुन् ।

वार्नरले ४ छक्का र १० चौकाको मद्दतमा ५६ बलमा नटआउट शतक बनाए । उनको यो टी–२० करियरकै उच्च स्कोर हो ।

यसअघि वार्नरको टी–२० मा ९० रन उच्च स्कोर थियो ।

दक्षिण अफ्रिकासँगको टेष्ट सिरिजमा बल टेम्परिङ पछि प्रतिबन्धमा रहेका वार्नरको यो पहिलो अन्तर्राष्ट्रिय टी–२० म्याच पनि हो ।

श्रीलंकालाई २३४ रनको विशाल लक्ष्य

टी–२० सिरिजको पहिलो खेलमा घरेलु टिम अष्ट्रेलियाले श्रीलंकालाई २३४ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १३३ रन बनायो ।

उसका लागि वार्नरले नटआउट शतक बनाए । उनी बाहेक कप्तान आरोन फिन्च र ग्लेन म्याक्सवेलले पनि उत्कृष्ट ब्याटिङ गरे ।

फिन्चले ३ छक्का र ८ चौकाको सहयोगमा ३६ बलमा ६४ रन बनाए ।

यस्तै म्याक्सवेल ३ छक्का र ७ चौकाको मद्दतमा २८ बलमा ६२ रनमा आउट भए । एश्टन टर्नर १ रनमा नटआउट रहे ।

बलिङमा श्रीलंकाका दासुन शानका र लक्षण सदाकर्णले एक–एक विकेट लिए ।

अष्ट्रेलिया भर्सेस श्रीलंका टी–२० क्रिकेट सिरिज डेभिड वार्नर शतक

विशेष