प्रवास

कुवेत गएको ६ महिनामै मृत्यु

कुवेत गएको ६ महिनामै मृत्यु

दोहा– रोजगारीका लागि ६ महिना अघिमात्र कुवेत पुगेका एक नेपालीको ज्यान गएको छ । काम गरिरहेकै अवस्थामा भोजपुरका ३९ वर्षीय पदमबहादुर मगर आफू कार्यरत  कम्पनीको कार्यस्थलमा मृत भेटिएका हुन् । 

आरआईसी कुलेक्स कम्पनीमा कार्यरत मगर दिउँसोको डिउटीमा रहेका र काम सकेर कोठामा आएका थिएनन् । कामबाट सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी  लडेको अवस्थामा भेटिएको कुवेत प्रहरीले जनाएको छ । 

उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । मृतक मगरको शव पोस्टमार्टका लागि अस्पतालमा राखिएको कुवेतस्थित नेपाली दुताबासका श्रम सहचारी ज्ञानेन्द्र शर्माले जानकारी दिए ।
 

नेपाली रोजगारी कुवेत

विशेष