टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।
आईसीसीले बिहीबार जारी गरेको नयाँ टी–२० वरियतामा क्रममा एक स्थान सुधार गर्दै नेपाल १२औँ नम्बरमा उक्लिएको हो । अघिल्लो वरियतामा नेपाल १३औंँ स्थानमा थियो ।
नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ । एसोसियट राष्ट्रमध्यको टी–२० वरीयतामा नेपाल शीर्ष स्थानमा छ ।