मुख्य समाचार

एउटै मोटरसाइकलमा ४ जना सवार, रुखमा ठोक्किँदा चालकको मृत्यु

एउटै मोटरसाइकलमा ४ जना सवार, रुखमा ठोक्किँदा चालकको मृत्यु

कावासोतीः पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा ४ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

आइतबार साँझ ५ बजेतिर ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोक्किँदा मोटरसाइकल चालक नवलपरासीको कावासोती–५ निवासी २२ वर्षीय कृष्ण कुमालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको र उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कावासोती ३ का १६ वर्षीय अमन पुनमगर, कावासोती–५ का राम परियार र धनबहादुर कुमाल घाइते भएका छन् ।

घाइतेहरुमध्ये अमन पुनमगरको अवस्था गम्भीर छ । उनलाई उपचार गर्न चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको छ । फाइल फाेटाे

मोटरसाइकल दुर्घटना पूर्वी नवलपरासी

विशेष