मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा भाइटीका ग्रहण

प्रधानमन्त्री ओलीद्वारा भाइटीका ग्रहण

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् ।

टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरेका थिए । साथै उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए । 

प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरेका थिए । 

केपी शर्मा ओली भाइटीका

विशेष