बलात्कार आरोपमा आरआर क्याम्पसका विद्यार्थी नेता पक्राउ

काठमाडौंः गोकर्ण–६ माकलवारीमा सोमबार साँझ १८ वार्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आआर क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राई पक्राउ परेका छन् ।
उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान ६ बजे जोरपाटीबाट पक्राउ गरेको हो ।
पीडित किशोरीको किटानी जाहेरीपछि राईलाई पक्राउ गरिएको बौद्द बृत्तका डिएसपी रमेश सिंहले जानकारी दिए ।
प्रहरीले युवतीको स्वास्थ्य परिक्षण गर्न परोपकार प्रसुती गृह लगेको छ । देउसी खेल्न बोलाएर राईले बलात्कार गरेको किशोरीले बताएकी छिन् ।
बलात्कार अनेरास्ववियू आरआर क्याम्पस इन्द्रहाङ राई