मुख्य समाचार

पूर्वराजा शाहद्वारा १०ः५१ मै भाइटीका ग्रहण

पूर्वराजा शाहद्वारा १०ः५१ मै भाइटीका ग्रहण

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीका र प्रसाद ग्रहण गरेका छन् ।

उनले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।

भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भए पनि उनले त्यसअघि नै टीका लगाएका थिए । पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेका थिए ।

भाइटीकापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आजको दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन नभएको बताए । उनने भने, ‘आज कसैको कुरा काट्ने दिन होइन, आज परिवारसँग बसेर रमाइलो र खुशी साट्ने दिन हो ।’

ज्ञानेन्द्र शाह भाइटीका

विशेष