खेल

बंगलादेश क्रिकेट टिममा नयाँ कप्तान नियुक्त

बंगलादेश क्रिकेट टिममा नयाँ कप्तान नियुक्त

काठमाडौंः टी–२० र टेष्ट क्रिकेटका लागि बंगलादेश क्रिकेट टिमले नयाँ कप्तान पाएको छ ।

नियमित कप्तान शाकिव अल हसनमाथि आइसीसीले २ वर्षको प्रतिबन्ध लगाएपछि बंगलादेशले नयाँ कप्तानका रुपमा महमुदुल्लाह रियाद र मोमिनुल हकलाई पाएको हो ।

अब टी–२० को नेतृत्व महमुदुल्लाह र टेष्ट क्रिकेटको जिम्मेवारी मोमिनुलले सम्हाल्ने छन् । उनीहरुलाई बंगलादेश क्रिकेट बोर्डले नयाँ कप्तानमा छनोट गरेको हो ।

महमुदुल्लाहले यसअघि ५ पटक कप्तानी गरिसकेका छन् । मोमिनुलले भने पहिलोपटक कप्तानको पद पाएका हुन् । 

उनीहरु दुवैले भारत भ्रमणको दौरानबाट कप्तानको भूमिका निर्वाह गर्दै छन् । 

बंगलादेश क्रिकेट टिम महमुदुल्लाह रियाद  मोमिनुल हक

विशेष