मुख्य समाचार

बिरामी बोकेको जिप दुर्घटना, ६ जना घाइते 

बिरामी बोकेको जिप दुर्घटना, ६ जना घाइते 

अछामः जिल्लाको मेल्लेख गाउँपालिका–२ मा बिरामी बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

मंगलबार बेलुकी उक्त गाउँपालिकाको डाँडाश्रीबाट बिरामी बोकेर वयालपाटा अस्पताल आउँदै गरेको म १ ज ३३५ नम्बरको जीप लिफ्रु भन्ने स्थानमा दुर्घटना भएको गाउँपालिका उपाध्यक्ष धनबहादुर शाहले जानकारी दिए । 

घाईते हुनेमा मेल्लख गाउँपालिका–१ लिफ्रुका १३ का प्रकाश धामी, ६० का मन्दिरे बि.क २४ बर्षका शेर बि.क, वडा नं. ६ ४९ बर्षका नरबहादुर टमट्टा, वडा नम्बर ६ निवासी ६५ का मोती कडायत र ३९ बर्षका पदमबुढा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

घाईते सबैको न्याय हेल्थ वयालपाटा अस्पतालमा उपचार भईरहेको छ भने जीप ७० मिटर तल खसेको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । 

जिप दुर्घटना अछाम

विशेष