खेल

टी–२० सिरिजः अष्ट्रेलियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै श्रीलंका (LIVE)

टी–२० सिरिजः अष्ट्रेलियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै श्रीलंका (LIVE)

काठमाडौंः अष्ट्रेलिया विरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा पाहुना टोली श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पहिलो खेलमा टस जितेर बलिङ रोज्दा लज्जास्पद हार बेहोरेको श्रीलंकाले आज भने ब्याटिङ गर्ने निर्णय गरेको हो ।

सिरिजको पहिलो खेलमा श्रीलंका १३४ रनले हारेको थियो । उक्त खेलमा श्रीलंकाले २३४ रनको विशाल लक्ष्य पाएको थियो ।

उक्त लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र बनाउन सकेको थियो ।

 अष्ट्रेलिया–श्रीलंकाको लाइभ म्याच हेर्न यहाँ क्लिक गर्नुस् 

सिरिज जित्ने हो भने श्रीलंकाले आजको खेलमा विजयी हासिल गर्नैपर्ने हुन्छ । यदि यो खेल हारेमा सिरिज जित्नबाट श्रीलंका बञ्चित हुनेछ ।

तीन खेलकाे सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । श्रीलंकाले आज प्लेइङ ११ मा तीन खेलाडी परिवर्तन गरेको छ ।

उसले भानुका राजापाक्षे, ओसादा फर्नान्डो र कसुन रजिथालाई विश्राम दिएको छ । उनीहरुको स्थानमा अभिश्का फर्नान्डो, निरोशन डिकवेला र इशरु उडानाले मौका पाएका छन् ।

यता अष्ट्रेलियाले भने मिचेल स्टार्कको स्थानमा बिली स्टानलेकलाई प्लेइङ–११ मा समावेश गरिएको छ ।  

 

टी–२० क्रिकेट सिरिज अष्ट्रेलिया भर्सेस श्रीलंका

विशेष