भिडियो कभर स्टोरी समाज

आध्यामित्क दृष्टिले दशैँको महत्व घट्दै गएको छ : कान्ता भट्टराई (भिडियोसहित)

आध्यामित्क दृष्टिले दशैँको महत्व घट्दै गएको छ : कान्ता भट्टराई (भिडियोसहित)

काठमाडौँ । दशैँको रौनकले छुँदै गएको छ । दशैँका लागि किनमेल, सामान जोरजाम, घर रंगाउनेदेखि सबै कार्यमा नेपालीहरु व्यस्त छन् । विस्तारै फूलपातीदेखि राजधानीमा चहलपहल निकै कम हुनेछ । अष्टमीका दिनदेखि चहलपहल शुन्य झैँ हुनेछ । आश्विन शुक्ल प्रतिपदादेखि १५ दिनसम्म दशैँ मनाइन्छ । १५ दिनसम्म मनाइने दशैँका खाशगरी सप्तमी अर्थात फूलपाती, अष्टमी नवमी र दशमीका दिन बढी महत्वपूर्ण छन् ।

घटस्थापनाका दिन स्थापना गरिएको घटमा देवी आह्वान गरी नवदुर्गा पूजा गरी दशमीका दिन जमरा, टीका लगाएर दुर्गाको प्रसाद लिने काम गरिन्छ । दशैँ पहिले पहिलेको जस्तो रौनक हराएकोको रुपमा कतिपयले बुझेका छन् । कतिपयले बली वा काटमार गर्न नहुने बताउँछन् । अर्कोतर्फ टीका लगाउने पनि ठाउँ ठाउँको आ–आफ्नै मौलिकता छ ।

अनि नेपाल र अमेरीकामा मनाइने दशैँ छुट्टा छुट्टै पर्छन । यी र यस्तै परिस्थितिमा हामीले संस्कृतविद् पूर्व राज्यमन्त्री कान्ता भट्टराईसँग दशैँको महत्वबारे कुराकानी गरेका छौँ । हेर्नुहोस् यो भिडियो :

विशेष