राशिफल

आज कात्तिक १४ गते बिहिवार, तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज कात्तिक १४ गते बिहिवार, तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कात्तिक महिनाको १४ गते बिहिवार तदनुसार सन् २०१९ अक्टोबर ३१ तारिख , तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

समयमा होश नपुग्नाले खर्च बढ्नेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् सजक रहनु पर्नेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। कामको उचित मुल्यांकन हुने छैन।  

वृष–

शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

मिथुन–

श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ ।

कर्कट–

स्वादिष्ट भोजनको आनन्द पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले काममा खासै साथ दिने छैनन सजक हुनुहोला।  

सिंह–

अरुबाट आलोचित भइने छ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। फाइदा कम मात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला।

कन्या–

शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कामको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। शत्रु परास्त भएर जानेछन।  

तुला–

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।

वृश्चिक–

कमजोरीमाथि टिकाटिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । विगतको श्रमबाट भने लाभ हुनेछ ।

धनु–

प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ।

मकर–

महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ।

कुम्भ–

काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मीन–

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ।

राशिफल

विशेष