मुख्य समाचार

यही महिनामै बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै

यही महिनामै बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै

काठमाडौंः बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्ने छन् ।

उनको भ्रमण कनेक्टिभिटी र उर्जा सहकार्यमा केन्द्रीत हुनेछ । बंगलादेशका राष्ट्रपति आलंकारिक भए पनि भ्रमणमा दुईपक्षीय तथा त्रिपक्षीय सहकार्यका मुद्दामा छलफल हुने ती अधिकारीले बताए । भेटमा सार्कलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

बंगलादेश परराष्ट्र मन्त्रालय एम अब्दुल हमिद

विशेष