खेल

१९ गोल भएको खेलमा लिभरपुलको रोमाञ्चक जित

१९ गोल भएको खेलमा लिभरपुलको रोमाञ्चक जित

काठमाडौंः निकै रोमाञ्चक खेलमा आर्सनललाई हराउँदै इंग्लिस क्लब लिभरपुल विजयी भएको छ । यो जितसँगै लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनमा प्रवेश गरेको छ ।

गयराति एनफिल्डमा सम्पन्न खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुल क्वाटर फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा लिभरपुर ५–४ गोल अन्तरले बिजयी भयो ।

निर्धारित सयमम ५–५ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । आर्सनलका डानियल सेबालोस पेनाल्टीमा चुक्दा लिभरपुल बिजयी भयो ।

खेलमा सबै गरेर १९ गोल भएको थियो । पाँच पाँचको बराबरी खेलेका लिभरपुल र आर्सनलले पेनाल्टी सुटआउट सम्म गरेर १९ गोल गरेका हुन् ।

पेनाल्टी सुटआउट भन्दा पहिला खेलको छैटौं मिनेटमा मुस्ताफीको आत्मघाती गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । ११ औं मिनेटमा लुकास ट्रोएरिराले गोल गर्दै आर्सनललाई १९१ गोलको बराबरीमा ल्याए ।

खेलको २६ औं र ३५ औं मिनेटमा मार्टिनेलीले दुई गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । ४३ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३–२ को स्थितिमा ल्याए । खेलको ५४ औं मिनेटमा मैट्ल्याण्ड निल्सले गोल गर्दा आर्सनल ४–२ ले अघि रह्यो ।

५८ औं मिनेटमा लिभरपुलका एलेक्स चेम्बरलिनले गोल गर्दै खेल ४–३ मा ल्याए । ६२ औं मिनेटमा ओरिगीले गोल गर्दा लिभरपुलले ४–४ को बराबरी बनाउन सफल भयो ।

खेलको ७० औं मिनेटमा जोसेप विलकले गोल गर्दै आर्सनललाई ५–४ को अग्रता दिलाए । तर, खेलको अन्तिम समयमा ओरिगीले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५–५ गोलको बराबरीमा फर्काएका थिए । खेल बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो ।

गोल आर्सनल भर्सेस लिभरपुल काराबाओ कप फुटबल

विशेष