उमेरै नपुगी कपाल फुलेर तनावमा हुनुहुन्छ? त्यसो भए अपनाउनुस् यी उपाय
उमेर नपुग्दै कपाल फुल्ने समस्या प्राय कम मानिसमा देखा पर्छ । कसैको बंशाणुगत गुणले गर्दा यो समस्या देखा पर्छ भने कसैको हर्मोनको कारण । जसले गर्दा मानिसमा एक प्रकारको तनाब हुन्छको स्थिति सिर्जना हुन्छ।
यो समस्याबाट छुटकारा पाउन अधिकांशले कस्मेटिक सामानका प्रयोग गर्ने गर्छन् । जसले गर्दा यिनीहरूमा पाइने रसायनले कपालमा झन् बढी नकारात्मक असर पर्छ । तसर्थ, यसको लागि घरेलु उपाचार गर्नुपर्छ । सकेसम्म आफ्नै भान्सामा पाइने वस्तु प्रयोग गर्न आवश्यक छ ।
नरिवलको तेलमा कागतीको रस मिसाएर मसाज गर्ने । यसरी मसाज गरेको एक घन्टामा धुनुपर्छ ।
त्यस्तै, कपालमा नियमित बदाम र नरिवलको तेल लगाउन सकिन्छ । यसले कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट समेत बच्न सकिन्छ ।
अमलाको रस निरन्तर कपालमा लगाएमा सेतो कपाल कालो हुन्छ ।
कपालमा काँचो मेवा र कालो तिलको रस प्रयोग गर्न सकिन्छ ।
साथै कपाल स्वस्थ राख्न भिटामिन, मिनरल्स, फलाम (आइरन), कपर प्राप्त हुने पोषणयुक्त खानेकुरा खानुपर्छ । जसका लागि माछा–मासु, ग्रिन टी, सागपात, गाँजर, मेवा, अंगुर आदि खान आवश्यक छ ।
कपाल फुल्नु