मनोरञ्जन

'हाउसफुल ४' हलमा हाउसफुल, ५ दिनमा सय करोड क्लबमा प्रवेश

'हाउसफुल ४' हलमा हाउसफुल, ५ दिनमा सय करोड क्लबमा प्रवेश

एजेन्सीः  बलिउडका अभिनेता अक्षय कुमार यतिखेर उनी अभिनित चलचित्र हाउसफुल–४ लाई लिएर चर्चामा रहेका छन् ।  अक्टूबर २४ देखि रिलिज भएको हाउसफुल–४ ले ५ दिनमा १०० करोडको आँकडा पार गरेको छ ।  

कमेडी जनरामा निर्माण भएको हाउसफुल–४ ले बक्स अफिसमा नन स्टप कमाई गरिरहेको छ । दिपावलीको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रले पाँचौं दिनमा २४.०४ करोडको व्यापार गरेको छ ।  

रिलिजको पहिलो दिन १८.५० करोड भारूको कमाएको चलचित्रले दोस्रो दिन १८ करोड, तेस्रो दिन १४.२५ करोड र चौथो दिन ३४.२५ करोड भारू कमाइ गरेको चलचित्रले पाँचौ दिन मंगलबार २४ करोड गरी कूल १११.८२ करोड व्यापार गर्न सफल भएको छ ।  

चलचित्रमा अक्षयका अलावा कृति सेनन, रितेश देशमुख, कृति खरबन्दा, बबी देवल लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

व्यापार हाउसफुल ४ को पाँच दिने

विशेष