मुख्य समाचार

मूर्ति विसर्जन विवादः कपिलवस्तुमा कफर्यू जारी, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार

मूर्ति विसर्जन विवादः कपिलवस्तुमा कफर्यू जारी, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार

कपिलवस्तुः भारतीय सिमा बजार क्षेत्र कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विहान ११ बजेदेखि कफर्यू आदेश जारी गरेको छ ।

कृष्णनगर नगरपालिका भित्र दिपावलीको लक्ष्मी पूजाको मूर्ति विसर्जनको विषयलाई लिएर स्थानीय समुदायबीच विवाद भएपछि कृष्णनगर बजार क्षेत्रमा प्रशासनले कफर्यू लगाएको हो ।

मूर्ति विर्सजन कार्यमा स्थानीय समुदायबीच तनाव उत्पन्न भएपछि सम्भावित हुन सक्ने घटनालाई नियन्त्रण गर्न कफर्यू लगाइएको हो । भिडलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको छ ।

कफर्यू कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्र भित्र अर्को आदेश नभए सम्मको लागि कफर्यु लगाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । 

नेपाल भारतको सिमा क्षेत्रमा रहेको कृष्णनगर बजार क्षेत्रको दक्षिण तर्फ भारतीय बजार पर्ने भएकाले सुरक्षा निगरानी कडा बनाइएको छ । कृष्णनगर बजार क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी गरी ५ सय बढि परिचालन गरिएको छ । मूर्ति विसर्जन कार्यलाई सहज बनाउन जिल्लाका सुरक्षा अधिकारीको वैठक तथा आपसी समन्वयको काम अघि बढेको बताइएको छ ।

यसैबीच घटनामा संलग्न सवै पक्षलाई संयमित हुन नेपाल पत्रकार महासंघ कपिलवस्तुले आग्रह गरेको छ । विगतमा जस्तै सिमाक्षेत्रमा हुनसक्ने साम्प्रदायिक घटना प्रति कृष्णनगरबासी, सुरक्षा निकाय तथा मिडिया जगत सचेत भई सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न आग्रह समेत गरेका छ ।

कपिलवस्तु अश्रुग्यास मूर्ति विसर्जन

विशेष