स्वास्थ्य

गम्भीर रोगको कारण बन्न सक्छ मोटोपन, जान्नुहोस कम गर्ने सरल उपायहरु

गम्भीर रोगको कारण बन्न सक्छ मोटोपन, जान्नुहोस कम गर्ने सरल उपायहरु

आजभोलिको गलत खानपान र अव्यवस्थित जीवनशैलीका कारण अधिकांश मानिसहरु मोटोपनको समस्यासंग ग्रसित छन।  मोटोपन आफैमा रोग होइन तर शरीरमा रोग निम्त्याउने कारक भने पक्कै पनि हो।  आज हामी मोटोपनको समस्या भएकाहरुका लागि सजिलैसंग मोटोपन घटाउने केहि सरल उपायका बारेमा बताउन जादै छौं जसले तपाईको मोटोपन घटाउन सहयोग गर्नेछ आउनुहोस। 

-अधिकांश मानिसको बानी दिनमा कम्तिमा पनि ३ पटक खाना खाने हुन्छ।  तर यस बानीलाई परिवर्तन गरेर यदि पटक पटक गरेर दिनमा ५-६ पटक खाना खाने गर्नाले शरीरमा ३० प्रतिशत कम  क्यालोरी खपत हुन्छ।  जसले ब्लड सुगरलाई नियन्त्रण राख्नका साथै भोक लाग्न पनि कम हुन्छ।  

-दैनिक ३० मिनेट हिड्नु स्वास्थ्यका लागि फाइदाजनक छ तर यदि तौल कम गर्नकै लागि हो भने दिनमा ४५ मिनेट हिड्नु आवश्यक छ। हरेक दिन यसरी हिड्नाले खानपानमा कुनै बदलाव नल्याई बर्षमा १५-२० केजीसम्म तौल घटाउन सकिन्छ।  त्यसो त् सम्भव भएसंगै लिफ्ट चड्नुका साटो भर्याङ्ग उक्लिने, छोटोदुरीको बाटो पैदल नै हिड्ने आदि बानि बसाल्नु आवश्यक छ।  

-नास्तामा सुन्तलाको जुस, दुध, चिया पिउने तथा दिनमा सकेसम्म बढी पानी पिउने कोशिस गर्नुपर्छ।  कोल्ड ड्रिंक्सलाई छुदा पनि नछुने र चिया कफिमा नियन्त्रण गर्ने हो भने अनावश्यक तौल आफसे आफ कम हुन्छ। 

-पानी  भरिएका खानेकुराहरु जस्तै खर्बुजा, टमाटर, काँक्रो, लौका आदिको अधिक प्रयोग गर्ने 

-बढी क्याल्सियम र कम क्यालोरीयुक्त खाना खाने कोशिस गर्ने 

 

वजन घटाउने

विशेष