मुख्य समाचार

धादिङमा जिप दुर्घटना, १९ जना घाइते

धादिङमा जिप दुर्घटना, १९ जना घाइते

धादिङः जिल्लाको गजुरी गाउँपालिका–२ को मलेखु भण्डारा सडक खण्डको तुनि खोलामा बोलेरो जीप पल्टिँदा १९ जना घाइते भएका छन् । 

आज ताल्तिबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप कच्ची सडकबाट झण्डै २५ मिटर तल खोलामा खस्दा १९ जना घाइते भएका हुन् । 

घाइतेलाई उद्धारपछि उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।  

धादिङ जिप दुर्घटना

विशेष