विचार

महरा प्रकरण : दुवै आधा आधा दोषी हुन 

चिरञ्जीवी पौडेल

महरा प्रकरण : दुवै आधा आधा दोषी हुन 

१. महरा र रोशनी लामो समयदेखि अनैतिक सम्वन्धमा थिए । यदि महरालाई व्यभिचारी पुरुष भन्ने हो भने रोशनीलाई पनि ‘बाइफाले स्त्री’ मान्नैपर्छ ।

२. रोशनीका श्रीमान चित्रजंग महराका विश्वासपात्र हुन । महराका गुप्त धन्दाहरुबारे उनी जानकार मात्र होइन त्यसमा संलग्नसमेत रहेको स्रोतहरु बताउँछन । अनि, आफ्नी श्रीमतीको महरासित लसपसबारे पनि उनी पक्कै अनभिज्ञ थिएनन । तर, अवाञ्छित लाभका लागि उनले आफ्ना आँखा–कान बन्द गरेका थिए ।

३. त्यस दिन महरा आफ्ना सुरक्षाकर्मीको दलबलसहित रोशनीको डेरामा गएकै हुन् । कुनै उच्चपदस्थ व्यक्ति आफ्नो एउटा कर्मचारीको कोठामा जाँदैमा त्यो आपत्तिजनक हुँदैनथ्यो, यदि महरा र रोशनीबीच ‘बाबुछोरीजस्तै सम्बन्ध’ थियो भने । तर, यी दुईको सम्बन्ध त्यति सफा थिएन ।

४. महराले रक्सीको बोतल लिएर गएको नहुन सक्छ । महराभन्दा बढी रोशनी नै रक्सीको कुलतमा थिइन । रक्सी नखाई निदाउन नसक्ने उनको अवस्था थियो । त्यसैले रोशनीको कोठामा रक्सीको अभाव थिएन ।

५. महराले रोशनीमाथि बलात्कार गरेको आरोप बकवास हो । २० वर्षसम्म निरन्तर सम्बन्धमा रहेको व्यक्तिले आफूमाथि बलात्कार ग¥यो भन्ने रोशनीको प्रारम्भिक दावी हास्यास्पद थियो । त्यसमाथि सभामुख जस्तो व्यक्तिले एउटी महिलाको कोठाभित्र गएर जबरजस्ति यौनसम्बन्ध राख्न सम्भव नै छैन । त्यसो त पहिले बलात्कार भएको भनेकी रोशनीले प्रहरीमा जाँदा ‘बलात्कार प्रयास गरेको’ मात्र भनेकी छन । उनले सुरुदेखि स्वास्थ्य परिक्षण गर्न नमानेको तथ्यले पनि यही भन्छ कि त्यस दिन यौनसम्बन्ध भएकै थिएन ।

६. त्यसदिन महरा र रोशनी दुवै रक्सीले फिटान भएका थिए । उनीहरुबीच हातपात भएको थियो । बढी चोट रोशनीलाई लाग्यो । उनले पनि महरालाई झम्टेकी थिइन र महराको चश्मा फुटेको थियो । सम्भवतः जु्त्ता हानाहान पनि भएको थियो ।

६. रोशनी डिप्रेसनबाट पीडित थिइन । तर, उनी चेतना नै हराएको स्थितिमा भने होइनन । उनले त महरालाई मज्जाले दुहुनो गाई बनाए दोइरहेकी थिइन । जब महराले दुध दिन छाडे, अनि रोशनी बिच्किइन र ब्ल्याकमेलिङ गर्न सुरु गरिन । महराले उनलाई संसद सचिवालयमा सरुवा गर्न नसकेपछि झगडा उत्कर्षमा पुगेको थियो ।

७. महरासित रोशनीको तीनवटा घोषित माग थिए । पहिलो, आफ्नो आर्थिक दायित्व पूर्णरुपमा वहन गर्नुपर्ने । दोस्रो, सरुवामा सहयोग गर्नुपर्ने । र, तेस्रो कम्तिमा महिनामा एकपटक आफूलाई भेट्न आउनुपर्ने । यी माग पूरा नभए कुनै पनि बेला फसाइदिने धम्की उनले दिँदै आएकी थिइन ।

७. समग्ररुपमा भन्दा यस प्रकरणमा महरा र रोशनी दुवै आधा–आधा दोषी छन । रोशनीलाई पीडितका रुपमा देखाएर महरालाई जेलमा कोचिनु सन्तुलित न्याय होइन । 

रोशनी चित्रजंग

विशेष