राशिफल

आज असोज २४ गते शुक्रबार तपाईका लागि कस्तो रहँला ? हेर्नुहोस आजको राशिफल !

आज असोज २४ गते शुक्रबार तपाईका लागि कस्तो रहँला ? हेर्नुहोस आजको राशिफल !

आज मिति २०७६ साल असोज महिनाको २४ गते शुक्रबार तद अनुसार सन् २०१९ अक्टोबर 11 तारिख , तपाईका लागि कस्तो रहला ? आउनुहोस हेर्नुहोस तपाइको आजको राशिफल !

मेष–

चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीत लिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । रमणीय यात्राको सम्भावना रहेको छ।  

वृष–

सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।  दाम्पत्य जीवन सुखद रहला 

मिथुन–

सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ ।बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । पढाई लेखाईमा राम्रै सफलता हात लागि हुनेछ।  

कर्कट–

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । सरकारी कार्यमा लाभ मिल्नेछ।  पारिवारिक सुख समृद्धि बढेर जाला।  

सिंह–

बन्द व्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । शत्रुले नकारात्मक समयको फाइदा उठाउलान सजक रहनुपर्ने छ। 

कन्या–

चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आकस्मिक धन  लाभ भएर  जानेछ।  

तुला–

परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । यद्धपी स्वादिष्ट भोजनको अवसर मिल्नेछ। व्यापार व्यवसायको क्षेत्रबाट राम्रै सफलता हात लागि हुनेछ। , 

 वृश्चिक–

सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । सहयोगको आशा देखाउनेहरुले झुक्याउने छन।  

धनु–

यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल रहेको छ।  पारिवारिक असमझदारी बढ्ने छ।  नोकरी व्यवसायमा खासै प्रगति हुने देखिदैन।  

मकर–

मनोरञ्जन पूर्ण समय रहेको छ।  दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । कार्यभार बढ्नेछ।  अनावश्यक खर्चले गर्दा आर्थिक मन्दीले सताउला।  

कुम्भ–

नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । साथीभाईअकिओ प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।  

मीन–

पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक क्षेतमा मान प्रतिष्ठामा वृद्धि हुनेछ।  धर्मकर्ममा रुचि बढ्नेछ।  समक्ग्रमा तपाईका लागि आजको दिन शुभ फलदायी रहेको छ। 

विशेष