राशिफल

कस्तो छ आज तपाइको भाग्य? यस्तो भन्छ राशिफल

कस्तो छ आज तपाइको भाग्य? यस्तो भन्छ राशिफल

मेष– (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । चिन्ता बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष– (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मिथुन– (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कर्कट– (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

सिंह– (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मतभेद बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्या– (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर बढ्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

तुला– (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

वृश्चिक– (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मिक सन्तुष्टि मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । लाभदायक यात्रा रहला ।

धनु– (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक उल्झनमापरि काम बिग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।

मकर– (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ– (गु, गे, गो, सा, सि, सु, से, सो, दा) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ ।

मीन– (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल

 

राशिफल

विशेष