खेल

अफगानिस्तान विरुद्धको ‘वानडे सिरिज’ वेस्ट इन्डिजलाई

अफगानिस्तान विरुद्धको ‘वानडे सिरिज’ वेस्ट इन्डिजलाई

काठमाडौंः अफगानिस्तान विरुद्धको एकदिवसीय क्रिकेट सिरिज एक खेल अगावै वेस्ट इन्डिजले जितेको छ । सिरिजको दोस्रो खेलमा अफगानिस्तानलाई ४७ रनले हराउँदै वेस्ट इन्डिजले श्रृखंला जितेको हो ।

वेस्ट इन्डिजले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४५.५ ओभरमा सबै विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो । उसका लागि नजिबुल्लाह जर्दानले ५६, रहमत शाहले ३३, मोहम्मद नाबीले ३२, हजरतुल्लाह जजाईले २३, शराफुद्दीन अशरफले १३ रन बनाए ।

अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा सेल्डन कोट्रेल, रोस्टन चेस र हेडेन वाल्शले ३–३ विकेट लिए ।  

यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन बनायो ।

उसका लागि निकोलस पूरनले ६७, इभन लुइसले ५४, साई होपले ४३, सिमरोन हिटमायरले ३४ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

बलिङमा नविनउल हकले ३, राशिद खान, मोहम्मद नाबी, मुजीबउर रहमानल, जावेद अहमदी र शराफुद्दीन अशरफले एक–एक विकेट लिए । वेस्ट इन्डिज र अफगानिस्तानबीचको तीन खेलको सिरिज भारतको लख्नउमा भइरहको छ ।
 

वेस्ट इन्डिज भर्सेस अफगानिस्तान एकदिवसीय क्रिकेट सिरिज

विशेष