खेल

टी–२० सिरिजः इंग्ल्याण्डविरुद्ध गुप्टिलको शानदार अर्धशतक

टी–२० सिरिजः इंग्ल्याण्डविरुद्ध गुप्टिलको शानदार अर्धशतक

काठमाडौंः इंग्ल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम तथा पाँचौ खेलमा न्यूजिल्याण्ड टिमका ओपनर मार्टिन गुप्टिलले शानदार अर्धशतक पूरा गरेका छन् ।

उनले ५ छक्का र ३ चौकाको मद्दतमा १९ बलमा अर्धशतक बनाएका हुन् । वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा न्यूजिल्याण्डले विस्फोटक ब्याटिङ गरेको छ ।

उसले यो समाचार तयार पार्दासम्म ६ ओभरमा १ विकेट गुमाएर ८८ रन बनाएको छ । पाँच खेलको सिरिजमा दुवै टिम २–२ ले बराबरीमा छन् । आजको खेल जुन टिमले जित उसले नै सिरिज आफ्नो पक्षमा पार्ने छ ।

इंग्ल्याण्ड भर्सेस न्यूजिल्याण्ड टी–२० क्रिकेट सिरिज मार्टिन गुप्टिल

विशेष