खेल

न्यूजिल्याण्डद्वारा इंग्ल्याण्डलाई विशाल लक्ष्य, १९ बलमा गुप्टिलले बनाए अर्धशतक

न्यूजिल्याण्डद्वारा इंग्ल्याण्डलाई विशाल लक्ष्य, १९ बलमा गुप्टिलले बनाए अर्धशतक

काठमाडौंः टी–२० क्रिकेट सिरिजको पाँचौ तथा अन्तिम खेलमा घरेलु टिम न्यूजिल्याण्डलाई १ सय ४७ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा न्यूजिल्याण्डले उक्त ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनायो ।

उसका लागि मार्टिन गुप्टिलले ५०, कोलिन मुनरोले ४६, टिम सेफर्टले ३९ रन बनाए ।

बलिङमा इंग्ल्याण्डका टम करन, आदिल रशिद, साम करन शाकिव महोम्मदले एक–एक विकेट लिए ।

पाँच खेलको सिरिजमा दुवै टिम २–२ को बराबरीमा छन् । आजको म्याच जुन टिमले जित्यो उसले नै सिरिज कब्जा गर्नेछ ।

गुप्टिलले १९ बलमा बनाए अर्धशतक

इंग्ल्याण्डविरुद्ध आज न्यूजिल्याण्ड टिमका ओपनर मार्टिन गुप्टिलले शानदार अर्धशतक पूरा गरेका छन् ।

उनले ५ छक्का र ३ चौकाको मद्दतमा १९ बलमा अर्धशतक पूरा गरेका हुन् । हालै इंग्ल्याण्ड र वेल्समा सकिएको वानडे विश्वकपमा निराश बनाएका गुप्टिलले पछिल्लो समय फेरि चम्किन थालेका छन् ।

विस्फोटक ब्याट्सम्यानको परिचय बनाएका उनले इंग्ल्याण्ड सँगको जारी सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका छन् ।

टी–२० क्रिकेट सिरिज मार्टिन गुप्टिल न्यूजिल्याण्ड भर्सेस न्यूजिल्याण्ड

विशेष