सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालकाे लगातार दोस्रो जित
ढाका । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन ‘एभिसी’ सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको हो ।
नेपालले किर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सेटमा हराएको हो । जितसँगै नेपालले दुई खेलमा छ अंक जोडेको छ । पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पनि सोझो सेटमा हराएको थियो ।
नेपालले भोली बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा बुधबार माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।