राशिफल

कात्तिक १५ गते शुक्रवार कुन राशिका लागि कतिको शुभ रहला ? हेर्नुहोस आजको राशिफल

कात्तिक १५ गते शुक्रवार कुन राशिका लागि कतिको शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कात्तिक महिनाको १५ गते शुक्रवार, तदनुसार सन् २०१९ नोभेम्बर १ तारिख तपाईको लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल  

मेष–

रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। खुसीको समाचार सुन्न पाइनेछ। मनमा उत्साह कम हुनेछ।  क्रोधलाई नियन्त्रणमा राख्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।  

वृष–

स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष विचार पुर्याउनु पर्नेछ।  टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ। समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ।

मिथुन–

मनोरन्जनात्मक प्रबृत्तिमा समय व्यतित हुनेछ।  आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्।

कर्कट–

मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ। आकस्मिक धनलाभको सम्भावना रहेको छ।  शत्रु परास्त भएर जानेछन।  

 सिंह–

साहित्य लेखनको कार्यमा गहिरो रुचि बढ्नेछ।  बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ।

कन्या–

कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ। मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन्। प्रेम सम्बन्धमा समस्या आउला। मनासिकी बेचैनीले सताउनेछ।  \

तुला–

वादविवाद र झै-झगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन्। भाग्योदय्को योग रहेको छ।  बिगतका परिश्रमले थप कार्य गर्ने सहस जाग्नेछ।  

वृश्चिक–

बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ।अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ।

धनु–

कार्य सफलताले मनमा उत्साह बढ्नेछ।  नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला।

मकर–

धार्मिक कार्यमा मन जानेछ।  परिश्रम गरे अस्नुरुप्को कार्यमा सफलता नमिल्दा मानसिक हताशा पैदा हुनेछ।  आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। काममा ढिलासुस्ती हुन सक्छ ।

कुम्भ–

सम्कजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ।  कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। सन्तान सुख मिल्नेछ।  

मीन–

पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। कार्यमा सफलता मिल्नेछ। स्वास्थ्य अनुकुल रहने छ।  परिवारमा खुसियाली छाउने छ। समग्रमा तपाईका लागि आजको दिन शुभ फलदायी नै रहेको छ।    

Daily Horoscope

विशेष