खेल

बंगलादेश विरुद्धको सिरिज भारतले जित्यो, दीपकको नयाँ कीर्तिमान

बंगलादेश विरुद्धको सिरिज भारतले जित्यो, दीपकको नयाँ कीर्तिमान

काठमाडौंः बंगलादेशसँगको टी–२० क्रिकेट सिरिज भारतले २–१ ले जितेको छ । अन्तिम खेलमा बंगलादेशलाई ३० रनले हराउँदै भारतले सिरिज जितेको हो ।

यो सिरिजमा भारतीय तिव्र गतिका बलर दीपक चहरले कीर्तिमानी बलिङ गरे । चहरले ३.२ ओभरमा ७ रन दिएर ह्याट्रिकसहित ६ विकेट लिदै नयाँ विश्व कीर्तिमान बनाएका हुन् ।

उनले १८औ ओभरको अन्तिम बलमा विकेट लिएका थिए भने २०औं ओभरको शुरुकै दुई बलमा दुई विकेट लिँदै आफ्नो ह्याट्रिक पूरा गरे । यो सँगै चहर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो भारतीय बलर बनेका छन् ।

योसँगै उनले सन् २०१२ मा श्रीलंकाका अजन्ता मेन्डिसले बनाएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको विश्व किर्तिमानलाई तोडेका छन् । मेन्डिसले जिम्बाबेविरुद्ध २०१२ सेप्टेम्बर १८ मा ४ ओभरमा ८ रन दिएर ६ विकेट लिदै नयाँ विश्व किर्तिमान बनाएका थिए ।

सिरिजको अन्तिम खेलमा भारतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो ।

उसका लागि मोहम्मद नइमले शानदार ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले २ छक्का र १० चौकाको मद्दतमा ४८ बलमा ८१ रन बनाए ।

अन्तर्राष्टिय टी–२० मा उनको यो उच्च स्कोर हो । यस्तै मोहम्मद मिथुनले २७ रन बनाउनु बाहेक बंगलादेशका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा दीपक चहरले ६, शिवम दुबेले ३ र युजवेन्द्र चहलले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि श्रेयस अय्यर र केएल राहुलले शानदार अर्धशतक बनाए ।

केएलले ७ चौकाको मद्दतमा ३५ बलमा ५२ र अय्यरले ५ छक्का र ३ चौकाको मद्दतमा ३३ बलमा ६२ रनको योगदान दिए ।

यस्तै शिखर धवनले १९, ऋषभ पन्तले ६, कप्तान रोहित शर्माले २, शिवम दुबेले ७, मनिष पाण्डेले नटआउट २२ रन नबाए । बलिङमा सफिउल इश्लाम, सौम्य सरकारले २–२ र अलिमिन हुसैनले एक विकेट लिए ।

यस्तो थियाे भारत–बंगलादेशको प्लेइङ–११

भारतको प्लेइङ ११ः रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, रिषभ पन्त, शिवम दुबे, मनीष पाण्डे, वाशिङटन सुन्दर, युजवेद्र चहल, दीपक चहर र खलील अहमद।

बंगलादेशको प्लेइङ ११ः सौम्य सरकार, लिटन दास, मोहम्मद नईम, मुशफिकुर रहीम , महमदुल्लाह (कप्तान), मोहम्मद मिथुन, अफीफ हुसैन, अमीनुल इस्लाम, सैफुल इस्लाम, मुस्तफिजुर रहमान र अल–अमीन हुसैन ।

बंगलादेश भर्सेस भारत टी–२० क्रिकेट सिरिज दीपक चहर

विशेष