खेल

भारतविरुद्ध नेपालको खराब ब्याटिङ, हरि पनि सस्तैमा आउट (स्कोरबोर्डसहित)

भारतविरुद्ध नेपालको खराब ब्याटिङ, हरि पनि सस्तैमा आउट (स्कोरबोर्डसहित)

काठमाडौंः यू–१९ च्यालेन्जर सिरिज अन्तर्गत भारतीय ‘सी’ टोलीविरुद्ध नेपालले सस्तैमा ६ विकेट गुमाएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले सस्तैमा महत्वपूर्ण ६ विकेट गुमाएको हो । नेपालले छैठौं विकेटका रुपमा हरिबहादुर चौहानलाई ७ रनमा गुमाएको हो ।

हरिले नेपालका लागि आज पहिलाे छक्का हिर्काएका थिए । तर, फेरि पनि ठूलो सट हान्ने धुनमा लाग्दा उनी आउट हुन पुगे ।

यसअघि नेपालले कुसल मल्ललाई २६, कप्तान रित गौतमलाई ५, अरुण ऐरीलाई १३, खडक बोहरा र लोकेश बमलाई समान १० रनमा गुमाई सकेको छ ।

नेपाल र भारत ‘सी’बीच भइरहेको यो खेल ५० ओभरको हो । यो समाचार तयार पार्दासम्म नेपालले २२ ओभरमा ६ विकेट गुमाएर ८८ रन बनाएको छ । स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

नेपाली टिम यू–१९ च्यालेन्जर सिरिज खेल्न शनिवार हैदराबाद प्रस्थान गरेको थियो ।

को–कोले पाए नेपालको प्लेइङ ११ मौका?

रित गौतम (कप्तान)
लोकेश बम

खडक बहादुर बोहरा
हरि बहादुर चौहान

अरुण ऐरी
कुशल मल्ल

प्रतिस जिसी
शेर मल्ल

आकश चन्द
सागर ढकाल

तिलक राज भण्डारी

नेपाल भर्सेस भारत यू–१९ च्यालेन्जर सिरिज हरिबहादुर चौहान

विशेष