खेल

यू–१९ च्यालेन्जर सिरिजः नेपालद्वारा भारतलाई ११५ रनको लक्ष्य

यू–१९ च्यालेन्जर सिरिजः नेपालद्वारा भारतलाई ११५ रनको लक्ष्य

काठमाडौंः यू–१९ च्यालेन्जर सिरिज अन्तर्गत भारतीय ‘सी’ टोलीविरुद्ध नेपाली युवा टिम १ सय १४ रनमै समेटिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ३२.१ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो ।

नेपाल लागि कुसल मल्लले २६, शेर मल्लले १४, अरुण ऐरीले १३, प्रतिश जिसीले ११, खडक बोहरा र लोकेश बमले समान १०, हरिबहादुर चौहानले ७, कप्तान रित गौतमले ५, सागर ढकाल, आकाश चन्दले ४–४ रन बनाए ।

बलिङमा भारत विद्याधर पटेल, मुजतबा यूसूफ, चिन्तला रक्शनन रेड्डी, शुभांग सामर्थ हेगडेले र रवि रोशन राम सिंहले २–२ विकेट लिए ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

नेपाल र भारत ‘सी’बीच भइरहेको यो खेल ५० ओभरको हो । नेपाली टिम यू–१९ च्यालेन्जर सिरिज खेल्न शनिवार हैदराबाद प्रस्थान गरेको थियो ।

को–कोले पाए नेपालको प्लेइङ ११ मौका?

रित गौतम (कप्तान)
लोकेश बम

खडक बहादुर बोहरा
हरि बहादुर चौहान

अरुण ऐरी
कुशल मल्ल

प्रतिस जिसी
शेर मल्ल

आकश चन्द
सागर ढकाल

तिलक राज भण्डारी

नेपाल भर्सेस भारत यू–१९ च्यालेन्जर सिरिज

विशेष