राशिफल

कार्तिक २६ गते मंगलवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

कार्तिक २६ गते मंगलवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कार्तिक महिनाको २६ गते मंगलवार, तदअनुसार सन् २०१९ नोभेम्वर ११ तारिख तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल  

मेष–

आकस्मिक धन लाभको सम्भावना रहेको छ। तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।

वृष–

रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । नोकरीमा पदोन्नतीको समभावना रहेको छ।  

मिथुन–

पढाइलेखाइमा ध्यान दिन नसकिएला, साथै रुपैया पैसाको पनि नाश हुने दिन छ विचार गर्नुहोला ।

कर्कट–

नोकरी तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ। जोस जाँगर बढ्नेछ।  निर्धारित समयमा काम पुरा हुनेछ।  

सिंह-

सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रुची पनि बढ्नेछ ।

कन्या–

व्यापारमा मनग्य धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला ।
तुला–

कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला ।

वृश्चिक–

काममा समस्याको सामाना गर्नु पर्ला गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ ।

धनु–

मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।

मकर–

सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन ।

कुम्भ–

खर्च बढने, गलत विचार  विबाद बढ्ने  र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । शुभ समाचार सुन्न पाईइला।  

मीन–

अधुरा काम हरु बन्ने अरुको विस्वास आफुतिर रहने आफन्त हरुको उचित सहयोग मिलने छ ।

दैनिक राशिफल

विशेष