कंगना बलिउडकी सबैभन्दा महंगी नायिका, एउटा फिल्म खेलेको २५ करोड पारिश्रमिक

काठमाडौंः बलिउडकी सबैभन्दा महंगी नायिका कंगना रनौतले पछिल्लो समय एउटा फिल्मबाट २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छन् ।
उनले सर्वाधिक महँगो पारिश्रमिक लिएको भनिएको फिल्म ‘पंगा’ दर्शकमाझ आउन लागेको खबर छ । यो फिल्म एक्सन प्रधान र बदलाको भावको भएको कंगनाले बताइन् । यो फिल्म कबड्डी खेलमा आधारित छ । फिल्ममा कंगना राष्ट्रिय कबड्डी खेलाडीका रुपमा प्रस्तुत भएकी छन् ।
फिल्ममा उनले मुलुकलाई स्वर्ण पदक दिलाउन गरेको संघर्ष देखाइएको छ । फिल्म २४ जनवरीमा रिलिज हुँदैछ ।
कंगना रनौत पारिश्रमिक